बिहीबार, माघ ३, २०८१
11:08 | १६:५३

रुसमा ‘नरसंहार’ प्रति युरोपेली आयोगको निन्दा

रासस/एएनआई अप्रिल ९, २०२२

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीका साथ युरोपेली आयोग अध्यक्ष लेयन । तस्बिर एएफपी

बुचा २६ चैत– युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छन् ।

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ ।

युक्रेनको बुचा भन्ने सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि लेयनले स्थलगत अवलोकन गरेकी छन् ।

स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिइन् । उनले घटनास्थलमा मानव अधिकारको चरम उलंघन भएको र मानवीय संकट रहेको पनि बताइन् ।

बुचामा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउदै लड्नु पर्नेमा पनि उनले जोड दिइन् । अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चत गर्न पनि माग गरेकी छन् ।

“यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्दछ,” उनले भनिन् ।

रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरेको छ । आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौँको मृत्यु भइसकेको दाबी गरिएको छ ।

रुसले आक्रमण गरेर गलत गरेको भन्दै विश्वभरबाट विरोध भएको छ भने तत्काल वार्तामार्फत विवाद अन्त्य गर्न सबै पक्षले अनुरोध पनि गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू