बिहीबार, माघ ३, २०८१
10:42 | १६:२७

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

रासस/एएफपी अप्रिल ८, २०२२

वासिङ्टन, २५ चैत–अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन् ।

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनेछिन् । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरे अनुसार ज्याक्सनलाई न्यायाधीशमा सिफारिस गरिएको जनाइएको छ ।

तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उनको नाम अनुमोदन भएको हो । सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन् । ५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेकी छन् । सर्वोच्च अदालतमा छ जना कन्जरभेटिभ न्यायाधीश छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू