बुधबार, मंसिर १२, २०८१
11:57 | १७:४२

राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित

रासस/एएनआई अप्रिल ८, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।तस्बिर- एपी

वासिङ्टन २५ चैत- रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित भएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलंघन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ ।

महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।

त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् । रुसलाई मानव अधिकार परिषदबाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनु पर्नेमा जोड दिए ।

“संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,” राष्ट्रपति बाइडेनद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

परिषदबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू