बिहीबार, माघ ३, २०८१
11:03
|
१६:४८
रुसी कूटनीतिज्ञलाई अष्ट्रिया छाड्न आदेश
रासस-एएफपी
अप्रिल ७, २०२२
भियना, २४ चैत- अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले देश छाड्न आदेश दिएको हो ।
अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरू मध्ये तीन जना भियनास्थित रुसी दूतावासमा कार्यरत कर्मचारी छन् । अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् ।
उनीहरूलाई यही अप्रिल १२ सम्म अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । युरोपेली देशहरूबाट गत सोमबारसम्म झण्डै २०० रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरि सकिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ