बिहीबार, माघ ३, २०८१
10:54 | १६:३९

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश 

रासस-एएनआई अप्रिल ५, २०२२

इस्लामावाद-पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक संकट निम्त्याएको छ ।

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाई शुरु गरेको थियो। पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने बताएका छन् ।

‘अविश्वासको प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन । सभामुखले अविश्वासको प्रस्तावलाई बेइमानी गरेर खारेज गरिदिएको देखिन्छ’- प्रधानन्यायाधीशले भने।

पाकिस्तानका प्रधानन्यायाधीशले देशमा विद्यमान संकटसँग सम्बन्धित सुमोटो मुद्दाको सुनुवाइ गर्दै उक्त टिप्पणी गरेका हुन्।
अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गर्ने बताएका थिए ।

यसैबीच, पाकिस्तानका सूचना मन्त्री फवाद हुसैनले ९० दिनभित्र तत्काल संसदीय निर्वाचन हुने बताएका छन् । पाकिस्तानी सञ्चार माध्यमले देशको राष्ट्रियसभा विघटनको आलोचना गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू