बिहीबार, माघ ३, २०८१
11:03 | १६:४८

बेलायतको स्लाओवासी नेपाली नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा

नेपाली लिङ्क अप्रिल २, २०२२

फाइल तस्विर: स्लाओ नेप्लिज सोसाइटीका पदाधिकारीहरु।

लन्डन- बेलायतको बर्कशायर, स्लाओ क्षेत्रमा बस्ने नेपालीले नेपाली नयाँ वर्षलाई एक कार्यक्रमसहित स्वागत गर्ने भएका छन्।

स्लाओ नेप्लिज सोसाइटीको आयोजनामा अप्रिल ८ तारिख शुक्रबार साँझ नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको हो।  

सोसाइटीका उपाध्यक्ष प्रभु न्यौपानेका अनुसार स्लाओको रेडिंगटन ड्राइभस्थित केडरमिस्टर हलमा कार्यक्रम आयोजना हुनेछ। साँझ ५ बजेदेखि राती अबेरसम्म निर्धारित कार्यक्रममा थुप्रै मनोरञ्जनात्मक एवम् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। 

त्यस अवसरमा स्थानीय कलाकारहरुका गीत,  कविता लगायतका प्रतिभा प्रस्तुतिका साथै राफल ड्र र डिजे डान्स लगायतका कार्यक्रम रहनेछन्।  

कार्यक्रममा सहभागिताको लागि स्लाओ आसपासमा बस्ने सम्पूर्ण नेपालीहरुलाई सोसाइटीका अध्यक्ष खेम ढकालले आव्हान गरेका छन्।  

स्लाओ क्षेत्रका नेपालीहरुलाई संगठित गर्दै सन् २००९ मा स्लाओ नेप्लिज सोसाइटी स्थापना भएको थियो । सोसाइटीले स्थानीय नेपालीहरुमाझ दशैं-तिहार कार्यक्रम, समुन्द्री किनार घुमघाम, नयाँ वर्ष कार्यक्रम आदि गर्दै आएको छ ।  

सामाजिक रुपमा समेत अघि बढ्दै गरेको सोसाइटी अहिले च्यारिटीमा दर्ता हुने क्रममा छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू