बिहीबार, माघ ३, २०८१
11:03 | १६:४८

अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग गर्ने

रासस–एएनआई/स्पुतनिक अप्रिल २, २०२२

रुसको सैन्य हमलाका कारण युक्रेनमा धेरै मानवीय तथा भौतिक क्षति भएको छ

वासिङ्टन, १९ चैत–संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग (डीओडी) ले जनाएको छ ।

‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’, पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू