बुधबार, मंसिर १२, २०८१
14:36
|
२०:२१
पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ
रासस-सिन्ह्वा
मार्च ३१, २०२२
लिस्वान १७ चैत- पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विशेष परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री कोस्टले महत्वकांक्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।
“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा गरेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उनले भने । राजनीतिक संकटबाट निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ