बुधबार, मंसिर १२, २०८१
14:39 | २०:२४

वाचा विपरित चेर्निहिभमा रुसको गोलाबारी

रासस- एएफपी मार्च ३०, २०२२

कीभ-युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी शहर चेर्निहिभमा बमबारी गरेको जनाएका छन् ।

मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारी भएको युक्रेनको दाबी छ ।

क्षेत्रीय गभर्नर व्याचेस्लाभ चाउसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शत्रुले चेर्निहिभ क्षेत्रमा आफ्नो ‘गतिविधिमा कमी’ देखाए पनि हमलाहरू जारी राखेका छन् ।’

प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

यसैबीच, युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको समाचार छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मंगलबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू