बिहीबार, माघ ३, २०८१
13:54 | १९:३९

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार

रासस/एएफपी मार्च २८, २०२२

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । तस्बिर एपी

कीभ, १४ चैत–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् ।

जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र रूसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको बीबीसीले जनाएको छ ।

यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त राखेको छ । यूक्रेनी राष्ट्रपतिले रूसी हमलाले युक्रेनको रूसी भाषा बोलिने शहरहरू पनि ध्वस्त पारेको बताएका थिए ।

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुनेछ ।

त्यस्तै, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी मागलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू