बेलायतमा नयां वर्षमा दौड हुंदै
लन्डन— नेपाली नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आगामी अप्रिल १७ तारिक आइतबार बेलायतमा दौड आयोजना हुने भएको छ । नेपाल रन यूकेको संयोजन तथा पोखरा अन्तरास्ट्रिय म्याराथनलाई प्रवर्धन गर्दै आएको पोखरेली मञ्च र बेजिंगस्टक नेपाली समाजको आयोजनामा दौड हुने भएको हो ।
स्थानीय समुदायलाई स्वास्थ्य रहन प्रेरित साथै शारीरिक तन्दुरुस्ती र दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त दौड वार मेमोरियल पार्क बेजिंगस्टकबाट शुरु हुनेछ । दौडमार्फत उठेको रकम नेपालमा पनि दौड संस्कार प्रवर्धन गर्न सहयोग गर्ने बताइएको छ ।
पिपल मोर्गेज मुख्य प्रायोजन रहेको पिपल नेपाल रन ५ किमी र बालबालिकाका लागि २ किमी हुनेछ ।
कार्यक्रममा भाग लिन अनलाइन दर्ता भएर ५ किमी दूरी पार गर्नेले टीसर्ट र मेडल प्राप्त गर्नेछ । दर्ताका लागी वयस्कहरूलाई १५ पाउण्ड र १३ वर्ष मुनीका बालबालिकाका लागि ७ पाउण्ड शुल्क तोकिएको छ ।
कार्यक्रममार्फत जुटेको सहयोग शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जीवनको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरा र धरानमा हरेक वर्ष हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रन साथै बेलायतको डोम क्याफे नामको च्यारिटी संस्थालाई जाने बताइएको छ ।
दौडमा दर्ता गर्न निम्न लिंकमा जान सकिने आयोजकले बताएका छन् । https://nepalrun.org/peepal-nepal-run-uk