बिहीबार, माघ ३, २०८१
13:49 | १९:३४

टर्कीका राष्ट्रपतिले रुस युक्रेन शान्ति वार्ताका लागि मध्यस्थता गर्ने

रासस-एएनआई / स्पुतनिक मार्च २८, २०२२

अंकारा–टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुसबीचको शान्ति वार्ता अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठक गर्ने भएका छन् ।

श्रोतलाई उधृत गर्दै समाचार संस्था स्पुतनिकले सो कुरा जनाएको हो ।

एर्दोगानले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए । उनीहरूबीच रुसी र युक्रेनी वार्ताकारहरुको अर्को चरणको वार्ता इस्तानबुलमा हुने सहमति जनाइएको छ ।

बैठक भोलि दिउँसो शुरु भएर साँझसम्म चल्ने अपेक्षा गरिएको छ । ‘युक्रेनमा अंकाराको मध्यस्थता’ एजेन्डामा शीर्ष विषय हुने स्रोतले उल्लेख गरेको छ ।

एर्दोगानले मार्च २४ मा ब्रसेल्समा हुने असाधारण शिखर सम्मेलनको छेउमा नेटोका सहयोगीहरूसँग गरेको वार्ताका बारेमा आफ्ना मन्त्रीहरूलाई जानकारी दिनेछन् ।

‘राष्ट्रपतिले मन्त्रीहरूको प्रतिक्रिया प्राप्त गर्नका लागि आफ्नो सम्पर्कहरूको बारेमा आफ्नो टोलीलाई जानकारी गराउनु हुनेछ’- स्रोतले भनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू