बिहीबार, माघ ३, २०८१
10:40 | १६:२५

स्वीन्डनमा नेपालीलाई सेक्युरिटी तालिम

नेपाली लिङ्क मार्च २७, २०२२


लन्डन । स्वीन्डन नेपलिज एसोसिएसन अफ वील्सायर कम्युनिटीको नेतृत्वमा स्थानीय नेपालीका लागि डोर सुपरभाइजर, टप अप कोर्स, फस्ट एड र फुल सेक्युरिटी कोर्ष सम्पन्न भएको छ ।

गत सोमबार २१ मार्चबाट शुरु उक्त विविध कोर्ष शनिबार सम्पन्न भएको अध्यक्ष ज्ञान गुरुङले जानकारी दिए । उक्त प्रशिक्षणबाट २२ जना लाभान्वित भएका संस्थाले जनाएको छ । सहभागी सबै प्रशिक्षार्थी उत्तिर्ण भएक छन् भने त्यहां संलग्नमध्ये दुई महिला थिए ।

स्वीन्डन नेपलिज एसोसिएसन अफ वील्सायर कम्युनिटीले नेपब्रीज सेक्युरिटी कम्पनीबाट केही आर्थिक सहयोग समेत पाएको अध्यक्ष गुरुङले बताए । आफ्नो कार्यकालमा एसोसिएसनले गरेको यो तेश्रो सुरक्षा तालिम भएको पनि गुरुङले जनाए ।

सेक्युरिटी पेशामा नयां पाठ्यक्रम र परीक्षा थपिएका बेला नेपालीहरुलाई फाइदा पुगोस् भन्ने हेतुले तालिम व्यवस्था मिलाइएको एसोसिएसनको भनाइ छ । अहिले एसआइए लाइसेन्स नवीकरणमा नयां नियमसहित थप जटिलता बनाइएको छ ।

काममा आपतकालिन प्राथमिक उपचार सम्बन्धि र सेक्युरिटी गार्ड टप अप क्लास गरि एक एक दिन अनिवार्य जांच दिनुपर्ने प्रावधान छ ।

एसआइए डोर सुपरभाइजर लाइसेन्स ‘रिन्यू’ गर्न पनि थप परीक्षा आवश्यक पर्ने बनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू