पल शाहलाई थुना पठाउन अदालतको आदेश, जोशी धरौटीमा रिहा


काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका लोकप्रिय अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा बस्न पर्ने भएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई बिहीबार थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा बुधबारदेखि थुनछेक बहस भएको थियो ।
अनुसन्धानकै क्रममा पक्राउ परेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको छ। थुनछेक बहसका क्रममा प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट १२ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। जाहेरीपछि उनी गत फागुन १५ देखि हिरासतमा रहंदै आएका छन् ।
तिनै पीडितले शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि बलात्कारको जाहेरी दिएकी थिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५