बिहीबार, माघ ३, २०८१
12:56 | १८:४१

युक्रेनलाई बेलायती सहयोगबारे राष्ट्रपति जेलेन्स्की र प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

रासस-सिन्ह्वा मार्च २४, २०२२

किभ, १० चैत– युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।

जेलेन्स्कीले आफूले बेलायतका प्रधानमन्त्री जोनसनसंग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका छन् ।

उनले बुधबार भनेका थिए– ‘हामीले बेलायतका प्रधानमन्त्रीसंग कुराकानी गरेका छौं र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगबारे छलफल गरेका छौं ।’

युक्रेनी राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए ।

यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री जोनसनले ट्वीटमार्फत युक्रेनलाई बचाउन विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउन आवश्यक रहेको भन्दै विश्व समुदायलाई आग्रह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू