अभिनेत्री करिश्मा एमालेमा प्रवेश


काठमाडौँ । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङ थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल भइन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि करिश्माले कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारमा रहेको जनाउ दिइन् ।
करिश्मा एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो ।
अभिनय यात्रामा व्यस्त कलाकार करिश्मालाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ? विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ? मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिएकी थिइन् ।
एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उनले बताइन् । करिश्माले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताइन् । उनले एमालेले समानता र सामाजिक न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मङगलबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई एमाले पार्टी प्रवेशका क्रममा स्वागत गर्दै । तस्बिर-रासस
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५