बिहीबार, माघ ३, २०८१
08:14
|
१३:५९
दक्षिण एसियामा नेपालका मानिस सबैभन्दा खुशी
विश्वको सर्वाधिक खुशी देश फिनल्यान्ड
रासस
मार्च २०, २०२२
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुशी राष्ट्रको सूचीमा परेको छ ।
दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुशी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।
सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ