बिहीबार, माघ ३, २०८१
17:01 | २२:४६

युक्रेनलाई जित्ने शक्ति रुससंग छैन्ः राष्ट्रपति जेलेन्स्की

रासस/एएफपी मार्च १३, २०२२
Ukrainian President Volodymyr Zelenskyy

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर एपी

किभ २९ फागुन– युक्रेनले राजधानी किभको ‘अथक प्रतिरक्षा’ को लागि आइतवार तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन् ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायता रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतवार सहरमा पुग्ने उपप्रधानमन्त्री इरिना भेरेशचुकको तआशा छ ।

रणनीतिक बन्दरगाह सहर मारिउपोलमा ‘मानवीय प्रकोप’ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ ।

यो शहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाएका फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ ।

‘दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ’, रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन् ।

युक्रेनको एलभिभमा नौको मृत्यु, ५७ घाइते

युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ ।

रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन्, “दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।”

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू