बुधबार, मंसिर १२, २०८१
17:37
|
२३:२२
युक्रेन युद्ध प्रभावितका लागि अन्तरराष्ट्रिय सहयोग आह्वान
रासस-एएनआई
मार्च ११, २०२२
जेनेभा- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुस-युक्रेन युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।
अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लंघन रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरे ।
संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै महासचिवले सहयोगको अपिल गरे ।
रुस-युक्रेन द्वन्द्वलाई उल्लेख गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघ स्थापना भएको पनि विचार व्यक्त गरे।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ