शुक्रबार, मंसिर १४, २०८१
23:49 | ०५:३४

अमेरिकाका लागि नेपाली राजदूत खत्रीले लिए शपथ

रासस मार्च ९, २०२२

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा. खत्री । तस्बिर सौजन्य- राष्ट्रपति कार्यालय, रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् ।

त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू