शुक्रबार, माघ ४, २०८१
19:54
|
०१:३९
युक्रेनका विस्थापित शरणार्थीको संख्या बीस लाख नजिक
रासस-एएफपी
मार्च ८, २०२२
ओस्लो–संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मंगलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन् ।
‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ’, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा बताए ।
२० हजारभन्दा बढी नागरिक टर्की पुगे
युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जना भन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ ।
टर्कीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् । रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो ।
त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ । टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्नका लागि प्रवेशाज्ञा नचाहिने भएको छ । उनीहरु राहादानी तथा परिचय पत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन् । त्यसैले पनि यता युक्रेनमा रुसी हमलाबाट तर्सिएका नागरिक टर्की तथा अन्य छिमेकी मुलुकतर्फ भागेका हुन् ।
रुसले अहिले पनि युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको छ । यहाँ सयौँ सैनिक तथा गैरसैनिक नागरिक मारिएका छन् । यहाँ अहिले पनि आक्रमण जारी नै रहेकाले मानवीय संकटको अवस्था देखिएको छ । त्यसकारण पनि सहयोगको खोजीमा यहाँका नागरिक बाहिरिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ