बिहीबार, मंसिर १३, २०८१
18:32
|
००:१७
रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेट हुने
रासस-सिन्ह्वा
मार्च ८, २०२२
अंकारा, २४ फागुन–रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।
टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीबीच भेटघाट हुन लागेको हो ।
सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका हुन् ।
रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएका बताइएको छ ।
उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ