बिहीबार, माघ ३, २०८१
17:11 | २२:५६

एमओयू गरेपछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

नेपाली लिङ्क मार्च ५, २०२२

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)  संग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन्। 

जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा बोल्दै गाहा मगरले एनआरएनए यूके बेलायतको कानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएको बताए ।  “उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु भएको छ । तर प्रक्रिया नपुरयाइ कुनै पनि लेभी रिलिज हुंदैन,” उनले भने ।

अध्यक्ष गाहा मगरले केन्द्रिय अध्यक्ष कुमार पन्तले आफूलाई लेखेको व्यक्तिगत इमेल ११,६६३ जना पञ्जिकृत सदस्यलाई पठाएर आफ्नो अपमान गरेको बताए । ‘मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन्, मैले आइसीओ (Information Commissioner’s Office) मा रिपोर्ट गर्दैछु । कामचलाउ अध्यक्ष पन्त र महासचिव हेमराज शर्माविरुद्ध हामीले मुद्दा दायर गर्नेछौं,” उनले भने । 

उनले म्याद सिद्धिएको कार्यसमितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए । 

अन्तरक्रियामा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतम तथा एनसीसी जापानका अध्यक्ष राजन प्रधानांगले आफूहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रिय सचिवालयको धम्कीबाट नतर्सने बताएका थिए ।

कार्यक्रमको भिडियो निम्न लिंकमा:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू