शुक्रबार, माघ ४, २०८१
19:51 | ०१:३६

चीनको सैन्य बजेट ७.१ प्रतिशत वृद्धि

रासस/एएनआई मार्च ५, २०२२

बेइजिङ, चीन, २१ फागुन–चीनले सन् २०२२ मा सैन्य बजेट ७.१ प्रतिशत बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुरयाउने भएको छ । शनिबार सार्वजनिक गरिएको बजेट प्रस्तावको मस्यौदामा सो कुरा उल्लेख छ ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिवेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।

राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट््याइएको हो । यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो ।

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।

संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ ।

सन् २०२१ मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।

यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू