बिहीबार, मंसिर १३, २०८१
20:29
|
०२:१४
युक्रेनका चर्चित खेलाडी पनि रुस विरुद्धको लडाइमा सहभागी
रासस/एएफपी
मार्च २, २०२२
पेरिस, १८ फागुन– युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् ।
विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन् ।
बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए ।
“मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने ।
अर्का पुराना खेलाडी ५० वर्षीय वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ