शुक्रबार, माघ ४, २०८१
19:46 | ०१:३१

बेलायती एयरलाइन्सलाई रसियाको प्रतिवन्ध

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२२

लन्डन-रसियाले आफ्नो आकाशमा बेलायती एयरलाइन्सहरुलाई प्रतिवन्ध लगाएको छ। रसियाको नागरिक उड्ड्यनसम्बन्धि आधिकारिक निकायले बेलायती एयरलाइन्सका जहाजहरुलाई आफ्ना विमानस्थलमा अवतरण गर्न र आफ्नो मुलुकको आकाश भएर उड्न प्रतिवन्ध लगाइएको जनाएको छ ।   

बिहीबार मात्रै बेलायतले रसियाको राष्ट्रिय ध्वजावाहक ‘एरोफ्लट’ लाई आफ्नो आकाशमा प्रतिवन्ध घोषणा गरेको थियो । बेलायतको सोही ‘अमैत्रीपूर्ण’ कदमप्रति प्रतिक्रियास्वरूप रसियाले बेलायती एयरलाइन्सलाई प्रतिवन्ध गरेको रुसी अधिकारीहरुले बताएका छन्। 

युक्रेनमा आक्रमण गरेकोमा निन्दा गर्दै बेलायतले रसियामाथि कडा आर्थिक प्रतिवन्धहरु लागू गरेको छ।  

यसैबीच, रसियाको प्रतिवन्धपछि ब्रिटिश एयरवेज, भर्जिन एट्लान्टिकसहितका बेलायती एयरलाइन्सहरुले आफ्ना कयौ उडान स्थगन गरेका छन् भने कतिपय उडानको रुट परिवर्तन गरेका छन्। 

ब्रिटिश एयरवेजले लन्डन र मस्कोबीचमा हरेक साता दुईतर्फी तीनवटा उडान गर्दै आएको थियो। रसियाको आकाश हुँदै बेलायतबाट पाकिस्तान र भारततर्फ उड्ने उडानहरुको पनि रुट परिवर्तन गराइने बताइएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू