बिहीबार, माघ ३, २०८१
12:54 | १८:३९

कूटनीति र संवादबाट युक्रेन संकटको समाधान खोज्न नेपालको आग्रह

रासस फ्रेब्रवरी २४, २०२२

काठमाडौं । नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन संकटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसंघको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा ‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ’, भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू