नेपालको विश्वकप सपना अधुरै, युएईसँग ६८ रनले पराजित
काठमाडौँ । यसै वर्ष अष्ट्रेलियामा हुने टी- ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना अधुरै बनेको छ ।
ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ६८ रनले पराजित भयो । यो खेलसंगै नेपालले विश्वकप खेल्ने अवसर समेत गुमाएको छ ।
समूह चरणमा खेलेका सबै तीन खेल जितेको नेपालले सेमिफाइनलमा गतिलो प्रदर्शन गर्न सकेन । युएईसँग नेपालको बलिङ र ब्याटिङ लाइन दुवै फितलो रह्यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको विशाल योगफल बनाएको थियो । नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले सर्वाधिक तीन-तीन विकेट लिए भने कप्तान सन्दिप लामिछानेले एक विकेट लिए । दोस्रो ओभरमै पहिलो विकेट लिएर गतिलो सुरुवात गरेको भएपनि पछि नेपाली बलरहरु निकै खर्चिलो बने ।
युएईले दिएको लक्ष्य पछ्याउने क्रममा पनि नेपालको प्रदर्शन फितलो रह्यो । दीपेन्द्रसिंह एरीले ३८ रनबाहेक अरु ब्याटसम्यानले खासै सम्झनालायक योगदान गर्न सकेनन् ।
अन्तत: ८ बल बाँकी रहंदै १ सय ७ रनको अवस्थामा नेपालले सबै विकेट गुमायो ।
नेपालसंगको जीतसँगै युएईले अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेल्न पाउने भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५