शुक्रबार, पुष २६, २०८१
07:17 | १३:०२

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट हुने

रासस फ्रेब्रवरी २१, २०२२

नेपालमा आयोजना हुने नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिताको सातौँ संस्करणबारे जानकारी दिन काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह । तस्बिर-नवीन पौडेल/रासस

काठमाडों । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दूतावासले सोमबार पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९ सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।

दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्षझैँ यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।’क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल भएकाले यसैबाट दुई देशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हौं’, उनले भने । यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताए । उनले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिए ।

प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ । पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू