शुक्रबार, माघ ४, २०८१
23:38 | ०५:२३

ब्राजिलमा बाढीबाट १४६ को मृत्यु, १९१ हराए

रासस/सिन्ह्वा फ्रेब्रवरी २०, २०२२

साओ पाओलो, ८ फागुन– ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

यहाँ गएको पाँच दिनदेखि निरन्तर वर्षा भइरहेको र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी रहेको बताइएको छ ।

स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका छन् ।

शनिबार पाँचौ दिन पनि वर्षा जारी थियो । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको उद्धारकर्मीहरुले जानकारी गराएका छन् ।

शनिबारसम्म यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षाका कारण मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।
सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो ।

ब्राजिलका राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । उनले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् ।

ब्राजिलका अधिकारीहरुले यहाँ अरु केही व्यक्ति हराएका छन् । त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू