मध्यपूर्वका श्रमिकमाथि ठूलो प्रहार: एनआरएनए प्रवक्ता
लण्डन । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका श्रमिक माथि पटकपटक प्रहार भएको बताएका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित समितिले मध्यपूर्वका देशमा ठूलो संख्यामा प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरे पछि क्षेत्रीले असन्तुष्ट व्यक्त गरेका हुन् ।
‘मध्यपूर्व, अफ्रीका, एसियालाई ठूलो प्रहार भयो र मलाई ६ बर्ष देखि लगातार रुपमा जे कुराको चिन्ता थियो त्यही कोशिस भयो’- क्षेत्रीले भने । उनले मध्यपूर्वमाथि भएको प्रहार डटेर सामना गर्ने बताए । उनले पिएनओ खोल्ने रहर भएकाहरुलाई फुटाएर जान सहज बनाई दिन आग्रह गरेका छन् ।
क्षेत्रीले मध्यपूर्व, एसिया र अफ्रिकाका नम्बर देखाएर ७० लाख एनआरएनए भन्दै नेता बन्ने अनि अहिले अपमान गर्ने भन्दै प्रतिप्रश्न गरेका छन् । उनले कहिले पिएनओको बाहानामा बिभिन्न छिद्र खोजेर प्रहार गरेको आरोप लगाएका छन् । उनले मध्यपूर्वका देशको नाम नलिएर निम्सरा भनेर हेपेको आरोप लगाए ।
यसअघि घलेले संघका ६१ देशका करिब ९ सय महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव गरेपछि विवादमा आएका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्य समूहको इशारामा ल्याइएको सो प्रस्तावको विश्वव्यापी आलोचना भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५