सोमबार, फागुन १२, २०८१
रमिता भयो


नेपाली लिङ्क
फ्रेब्रवरी १७, २०२२

ताल वेतालले बज्दा,
हाल बेहाल भैदियो।
आधार धारमा धस्की
भविता रमिता भयो॥१॥
सविता शीतले सेप्यो
सिटले सिप हेपियो
सिल साम्राज्य फैलेर
कर्मशील विदेशियो॥२॥
फेरियो युद्धको रंग
कराल राल लप्कियो।
नियोग योग संयोग
स्वार्थले पूर्ण देखियो॥३॥
बोकेर मह माधुर्य,
मौरी ती भन्किए ल है!
शालीन चालमा घुम्ने
मनोमालिन्य हुन् सबै॥४॥
भ्रमित मित्रता भित्र,
दुर्भावना भरी भरी।
जालमा जेल्दछन् बाध्छन्
झुल्किन्छन् यी घरी घरी॥५॥
प्रतिनिधि म हूँ भन्दै
गर्छन् ती दीन दोहन।
दीनता वशमा पार्छ
जेलिन्छन् जालमा मन॥६॥
प्रतिनिधिसभा यौटा
मलिलो खेत झै भयो।
भ्रस्टको वीज रोपेर
लोभको भोग गर्छ जो॥७॥
कानुन नुनको सोझो
गर्दैन काममा कवै।
अकर्मण्य छ आशक्ति
पैसाको बलमा सधैँ॥८॥
संविधान छ यो श्रेष्ठ
विधान देशको दह्रो।
काला अक्षर भैसी कै
परिधीभित्र नै रह्यो॥९॥
बलेर भोकले आगो
पेट पोल्छ भने जन।
अधिकार त के खोजुन्
लाग्छन् नै पेटमा मन॥१०॥
यथार्थ! सदियौँ देखी
चलेको छ सधैँ भरी।
नियति निम्तो यै दिन्छ
निमुखा उठ्छ के गरी॥११॥
गंगा भण्डारी, तेह्रथुम हालः बेलायत
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५