रुसको क्रिमिया सैन्य अभ्यास अन्त्य
मस्को ४ फागुन – युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ ।
मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइहरू रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि तिनीहरू स्थायी तैनाथी बिन्दुहरूमा सर्दै छन् ।
सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य इकाइहरूको तस्बिरहरू देखाएको समाचारमा जनाइएको छ ।
तर पश्चिमी नेताहरू चिन्तित छन् कि रूसले अझै युक्रेनमा आक्रमण गर्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोद्वारा आक्रमणको धेरै सम्भावना रहेको चेतावनी दिएका थिए । रुसी दाबीको बावजुद वासिंगटन र यसका सहयोगीहरूले अझै पनि दशौं हजार सेना फिर्ता गर्ने कुरा प्रमाणित गर्न नसकेको बाइडेनले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५