शुक्रबार, माघ ४, २०८१
23:54 | ०५:३९

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यले लिए राष्ट्रपतिसमक्ष सपथ

रासस फ्रेब्रवरी १६, २०२२

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त ज्ञानचन्द्र आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय/रासस

काठमाडौँ । बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

बुधबार राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसंघका  लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू