मस्को र कीभबीच तनाव बढेपछि जापानी दूतावासका कर्मचारी देश छाड्दै
टोकियो (जापान), २ फागुन–जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ ।
जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ । ‘केही’ कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ ।
यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन्।
वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ भने शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५