शुक्रबार, माघ ४, २०८१
07:22 | १३:०७

टर्कीका राष्ट्रपति एक दशकपछि यूएई भ्रमणमा

रासस/एएफपी फ्रेब्रवरी १४, २०२२

अबुधाबी, २ फागुन–टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आएका छन् ।

झन्डै एक दशकपछि उनले पहिलो पटक यूएईको भ्रमण गरेकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्ने जनाइएको छ ।

‘अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको छु, अब दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने अपेक्षा छ’, राष्ट्रपति एर्दोगानले भने ।

दुईदिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले युएईको भ्रमण गर्न पाउँदा आफू उत्साहित भएको पनि बताएका थिए ।

टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएई भ्रमण गरेको थियो । लामो समयपछि भएको अहिलेको भ्रमणले दुई देशका बीचमा नयाँ सहकार्य र सहमतिहरू हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू