शुक्रबार, माघ ४, २०८१
23:48 | ०५:३३

ग्रीनवीचमा जीतलाई काउन्सिलर जिताउन सिंगो समुदाय एकै ठाउँ

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२२

लन्डन–लन्डनको ग्रीनवीच बरोमा काउन्सिलर पदको चुनाव लड्ने तयारीमा रहेका अभियन्ता जीत रानाभाटको पक्षमा स्थानीय नेपाली समुदाय एक ठाउँ उभिएको छ ।  

ग्रीनवीचमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडाको काउन्सिलरका लागि लेबर पार्टीले टिकट दिएसंगै उनको चुनावी अभियानमा समुदायले चासो देखाएको छ । 

आइतबार प्लमस्टिडस्थित रानाभाट निवासमै पुगेर साउथ इष्ट लन्डनस्थित नेपाली समुदायका अभियन्ताहरुले उनको उम्मेदवारीमा ऐक्यबद्धता र समर्थन व्यक्त गरेका छन् ।उल्लेख्य संख्यामा भेला भएका स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले रानाभाटलाई जिताउने चुनावी अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता समेत जनाएका छन्।

‘निर्वाचन अभियान शुरु गर्नै लाग्दा आफ्नै समुदायका तर्फबाट प्राप्त साथ, सद्भावले निकै उत्साहित बनाएको छ । मेरो चुनावी दौडमा म मात्रै नभएर सिंगो समुदाय नै मेरो साथमा छ भन्ने कुरा गहिरोसँग अनुभूति भएको छ’- रानाभाटले भने । 

समुदायबाट प्राप्त साथ, समर्थनले आफूमा थप जिम्मेवारी पनि बोध गराएको भन्दै उनले भने, ‘अब त मेरो समुदायका लागि पनि म अगाडि बढ्नुपर्छ भन्ने भावना मभित्र झन् बढेको छ ।’ 

आइतबारको जमघटमा सहभागी स्थानीय सामाजिक अभियन्ताहरुले रानाभाटको काउन्सिलर उम्मेद्वारी सिंगो समुदायकै लागि गौरव र प्रतिष्ठाको विषय रहेको बताएका थिए । उनको चुनावी अभियानलाई सफल पार्न कुनै कसर बाँकी नराख्ने अठोट उनीहरुको थियो । 

त्यसअवसरमा रानाभाटको उम्मेद्वारीको पक्षमा प्रचारप्रसार र घरदैलोका लागि नेपाली समुदायबाट पर्याप्त स्वयमसेवकहरु खटाउने सल्लाह भएको थियो । जसका लागि सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग समन्वय गरिने भएको छ ।

 यसअघि आउंदो मे पहिलो साता हुने स्थानीय निर्वाचनमा ग्रीनवीच बरोको ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडामा लेबर पार्टीले रानाभाटलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । धेरै वर्षदेखि लेबर पार्टीले नै चुनाव जित्दै आएको वडा रहेकाले पनि रानाभाटको उम्मेद्वारी निकै बलियो ठानिएको छ ।

कुल १५ हजार मतदाता रहेको वडामा नेपालीहरु पनि उल्लेख्य संख्यामा छन् ।

आइतबारको जमघटमा स्थानीय व्यवसायी फत्त थापा, डाटफोर्ड नेपाली समाजका पूर्व अध्यक्षद्वय गजेन कटुवाल र दीपक थापा, नेप्लिज नर्सिङ एशोसिएसन यूके अध्यक्ष सुनिता गौतम थापा, तमुधिं साउथ इष्ट अध्यक्ष ह्यरी गुरुङ, नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ, हेल्प नेपाल यूकेका प्रसिद्ध प्रधान र सचिन श्रेष्ठ, एनआरएनए अभियन्ता कर्ण शाही, युवा समाजसेवी रजनसिंह शाही, एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, तमुधिं साउथ इष्ट पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, समाजसेवी श्याम शेरचन, बेक्सली नेपाली समाजका सचिव केदार थपलिया र अर्चना गुरुङ, पासा पुच साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ लगायतले रानाभाटको उम्मेद्वारीमा समर्थन जनाएका थिए । 

त्यस्तै, प्रवासी मञ्च यूकेका पूर्व अध्यक्ष दिनेश घिमिरे, अर्कराज तिम्सिना, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष माधव पराजुली, दिनेश पौड्याल, चार्ल्टन नेपाली समाज यूकेका उपाध्यक्ष प्रकाश कंडेल, आरजीएनएस पूर्व अध्यक्ष शर्मिला हिराचन थकाली, उपाध्यक्ष पुण्य रेग्मी र महासचिव मञ्जु भन्डारी,  पत्रकार महासंघ यूके सचिव खेमराज रानाभाट, अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, दीप गिरी, गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष तारानाथ भण्डारी र सदस्य राधा खरेल, यज्ञ खरेल, अर्चना लिम्बू, ज्ञान शाही, डा. रानु बराल, कल्पना त्रिपाठी, हेलिना गुरुङ, राम अर्याल, राजन बराल, विमल अधिकारी, रमेश दाहाल, लक्ष्मण शाह, सुरेन रुपाखेती, यम राना, कृष्ण खरेल, चन्द्र अर्याल, मिडल्यान्डका अभियन्ताहरु रन केसी, मुकुन्द खरेल लगायत पनि रानाभाटलाई समर्थनसहित सहयोगको प्रतिवद्धता गरेका थिए।

रानाभाट विगत ८ वर्षदेखि लेबर पार्टीमा आबद्ध रहेर सक्रिय रहंदै आएका छन् । अहिले उनले लेबर पार्टीको प्लमस्टिड वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

त्यस्तै, एरिथ एन्ड थेम्समिड कन्स्टिचुएन्सी लेबर पार्टीमा फन्ड  रेइजिङ अफिसर रहेका रानाभाटले यसअघि सोही कमिटीमा दुई कार्यकाल मिनट सेक्रेटरी तथा एक कार्यकाल उपाध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।

बेलायतको नेपाली समुदायमा पनि सक्रिय सामाजिक अभियन्ता हुन् रानाभाट । एनआरएनए यूकेको निवर्तमान कार्यसमितिमा सचिव रहेका उनी अहिले रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का वर्तमान अध्यक्ष पनि हुन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू