शुक्रबार, माघ ४, २०८१
00:00 | ०५:४५

जसपा बेलायतमा चुनियो सर्वसम्मत नेतृत्व, अध्यक्षमा कमल थुलुङ राई

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२२

लन्डन । जनता समाजवादी पार्टी (जसपा) को बेलायतस्थित संगठन ‘नेपाली समाज यूके’ ले नयाँ नेतृत्व पाएको छ । आइतबार अल्डरसटमा सम्पन्न संस्थाको पहिलो अधिवेशनले कमल थुलुङ राईलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । 

नवनिर्वाचित कार्यसमितिमा बल्लभ गुरुङ, हुमकुमारी गुरुङ, सुमित्रा राई, युमा लिम्बू र विजय लुम्फुङ्वा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, मिलनचन्द्र राई सचिव तथा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बू सहसचिवमा निर्वाचित भए ।

कार्यसमितिको कोषाध्यक्षमा विनोदकुमार राई एवम् सहकोषाध्यक्षमा धनकाजी गुरुङ र दिलसिंह मेन्याङबो लिम्बू निर्वाचित भएका छन् । कार्यसमितिमा २२ जना सदस्य रहनेछन्।   

यसअघि संस्थाका अध्यक्ष लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई जसपा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । अधिवेशनलाई बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, जसपा प्रवास इन्चार्ज आङकाजी शेर्पा लगायतले शुभकामना दिएका थिए।

त्यस अवसरमा जसपा केन्द्रीय सदस्य भगवान चाम्लिङ, संगठनका पूर्व अध्यक्षहरु धर्म तमाङ र कमल गुरुङ, लन्डन हन्स्लोका मेयर विष्णुबहादुर गुरुङ, तमुधिँ यूके अध्यक्ष हित काजी गुरुङ, कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ र माओवादीनिकट जनप्रगतिशील मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, काउन्सिलर जीव बेल्वासे, सहारा यूके अध्यक्ष कुसाङ गुरुङ, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ लगायतले पनि शुभकामना दिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू