शुक्रबार, माघ ४, २०८१
23:44 | ०५:२९

बेलायती डायस्पोरामा मुक्तकबारे वहस

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२२

लन्डन । पृथ्वीनारायण क्याम्पसको नेपाली विभाग तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले शनिबार बेलायती डायस्पोरामा सिर्जित ‘मुक्तक महक’ तथा शारदा मासिकको ‘प्रणय मुक्तक बेलायत विशेषांक’ पूर्णांक ८३, २०७७ फागुन अंकमाथि प्राज्ञिक वहस गरेका छन् ।

डा. वासुदेव भण्डारीद्वारा सञ्चालित कार्यक्रममा संयोजक डा. रुपक श्रेष्ठले कार्यक्रमको उद्देश्य बेलायती डायस्पोरामा सिर्जित मुक्तकहरुमाथि प्राज्ञिक वहस गराई लेखनमा स्तरोन्नति गर्ने रहेको प्रष्ट्याए ।

प्रमूख अतिथी पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालबाट मुक्तक वाचन गरि शुरु भएको सो कार्यक्रममा डा. पुण्य प्रसाद शर्माले दुबै संग्रहमाथि प्राज्ञिक समालोचना प्रस्तुत गर्दै दुबै संग्रहका मुक्तकहरु गागरमा सागर भर्न सक्षम भएको बताए।

ति मुक्तकहरुमा ब्यंग चेतना, जीवन दर्शन, देशप्रेम, राष्ट्रियता, राजनीतिक चेत, अतित मोह, डायस्पोरिक जीवन दर्शन, नारीबादी चिन्तन, प्रणय दर्शन, अध्यात्मिक दर्शन जस्ता विविध विषयमा विविध विम्वहरुको प्रयोग गरि सुललित हुंदाहुंदै पनि ह्दयमा झड्का दिन सक्षम भएको बताए ।

संग्रहित मुक्तकहरु समसामयिक अति लोकप्रिय चतुस्पदिय संरचनाभित्र पहिलो, दोश्रो र चौथो हरफ तुकबन्द तर तेश्रो हरफ स्वतन्त्र रहेको तथा एकपछि अर्को पदमा भावको उत्तरोत्तर उत्कर्षता दिन अधिकांस मुक्तकहरु सफल रहेको बताए। यी दुबै संग्रहहरुले नेपाली साहित्यको श्रीबृध्दि गरेकोमा सम्बन्धित सम्पूर्ण मुक्तककारहरुलाई बधाई दिए । प्रस्तुत पत्रमाथि सुरज पौडेल तथा डा. लक्ष्मीशरण अधिकारीले प्राज्ञिक टिप्पणी गरेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेले बेलायत शाखाले बेलायत लगायत यूरोपभरि नै मुक्तक विकास र विस्तारमा उत्साहजनक भूमिका खेलेको बताउंदै पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले मुक्तकमाथि पटक पटक प्राज्ञिक छलफल गर्दै आएकोमा साधुबाद दिए ।

बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले यस प्राज्ञिक बहसले मुक्तक लेखक तथा लेखनमा बौद्धिक सहयोग भएको बताए।

संस्कृति तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, सरुभक्त, डा. जगन्नाथ रेग्मी, डा. वीर बहादुर कार्की, पूर्व डिएसपी गुप्त बहादुर श्रेष्ठ, दुर्गाकिरण तिवारी, विमला अधिकारी, कलानिधि दाहाल, असिम सागर, ने. मु. प्र. द. कोरिया शाखाबाट आर. एन., प्रदेश १ शाखाका बाबुराम पोखरेल, स्मृति लक्ष्मी जापानबाट केबी पारखी, अमेरिकाबाट रोहिणी शर्मा, तीर्थ अधिकारी लगायत पांच दर्जनभन्दा बढि सर्जकको उपस्थिति थियो ।

सभाध्यक्ष प्रा. डा. कुसुमाकर न्यौपानेले मुक्तकजस्तो सशक्त तथा लोकप्रिय विधा रहेकोले अब यस विधालाई विध्यालय तथा विश्वविद्यालयहरुले पाठ्यक्रममा स्थान दिनै पर्ने बेला आएको जनाउंदै सभा विसर्जन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू