शुक्रबार, माघ ४, २०८१
23:43 | ०५:२८

बेलायतको फार्नबरोबाट हराए नेपाली वृद्ध, खोजीमा सघाउन प्रहरीको अपिल

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२२

अपडेट: बेलायतको फार्नबरोबाट हराएका गुरुङ आफै घर फर्किए 

लन्डन । बेलायतको फार्नबरो क्षेत्रमा बस्दै आएका एक नेपाली वृद्ध बेपत्ता भएका छन् ।

शुक्रबार बिहान साढे ११ बजेदेखि  हराइरहेका ७४ वर्षीय हुम गुरुङको अहिले स्थानीय प्रहरीले खोजी गरिरहेको छ ।

शुक्रबार राती सार्वजनिक अपिल गर्दै ह्याम्पशायर प्रहरीले गुरुङको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ । प्रहरीले उनलाई देख्ने वा उनीबारे कुनै जानकारी हुनेहरुलाई सम्पर्कमा आउन आव्हान गरेको छ ।

प्रहरीका अनुसार पछिल्लो पटक गुरुङ शुक्रबार बिहान करिब ११:३० बजे फार्नबरोको क्यासवेल क्लोज क्षेत्रमा देखिएका थिए ।

गुरुङको करिब ५ फिट ६ इञ्च उचाइ रहेको, पातलो शरीरमा भुंडी बाहिर आएको, फुलेको कपाल रहेको, दारी ‘क्लिन सेभ’ गरेको लगायतका हुलिया प्रहरीले सार्वजनिक गरेको छ ।

उनले कालो रंगको ट्राउजर, खैरो टि-सर्ट, छातीसम्म चेन भएको टप, कालो बेसबल क्याप, खैरो लेदर जुत्तासंगै कम्मरमा कालो मनी ब्याग भिरेको जनाएको छ।

उनीसँग खैरो काठको लठ्ठी र सानो हरियो टावेल समेत रहेको हुन सक्ने प्रहरीले बताएको छ ।

गुरुङबारे कुनै सूचना वा जानकारी भए रिफरेन्स नम्बर १८१९ उल्लेख गरी प्रहरीलाई १०१ वा ९९९ नम्बरमा टेलिफोन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू