क्यानडाका प्रधानमन्त्रीद्वारा आन्दोलन अन्त्य गर्न आग्रह
ओटावा, २८ माघ–क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले राजधानीमा भइरहेको आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उनले आग्रह गरेका हुन् ।
देशका विपक्षी दलका नेताहरूसँगको छलफलका क्रममा उनले आन्दोलन अन्त्यका लागि सहयोग गर्न पनि अनुरोध गरेका थिए ।
उनले विपक्षी दलका नेताहरुलाई आन्दोलनको अवस्था, त्यसको असर र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।
गत जनवरी अन्त्यदेखि सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको र धेरै हानी नोक्सानी भएको बताइएको छ ।
क्यानडा सरकारले सीमा नाका पार गर्नका लागि चालकहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको हुनुपर्ने शर्त राखेपछि उनीहरू आन्दोलित भएका हुन् ।
“सरकारले गरेको निर्णय र अवैधानिक कार्यविरुद्ध उभिनु र त्यसको अन्त्य गर्नु संसदका सबै सदस्यहरूको दायित्व हो, यसमा सरकार मात्रै नभइ प्रतिपक्षी दलहरुको पनि जिम्मेबारी हुन्छ,” प्रधानमन्त्रीले भने ।
उनले आन्दोलन अन्त्यका लागि आफूले र सरकारले विभिन्न पहल गरेपनि अहिलेसम्म सफल हुन नसकेको उल्लेख गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५