शुक्रबार, माघ ४, २०८१
23:48 | ०५:३३

महामारीपछि बेलायतको आर्थिक वृद्धि ‘उत्साहजनक’

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२२

लन्डन । कोरोना महामारीपछि बेलायती अर्थतन्त्रले उत्साहजनक रुपमा प्रगति गर्दै गएको तथ्यांकले देखाएको छ ।

अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस) द्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार बेलायतको अर्थतन्त्र गत वर्ष ७ दशमलव ५ प्रतिशतले फस्टाएको छ । महामारीको असरस्वरूप सन् २०२० मा ९ दशमलव ४ प्रतिशतले खस्किएको बेलायतको अर्थतन्त्रले पछिल्लो वर्षमा भने उल्लेख्य दरमा ‘बाउन्स ब्याक’ गरेको हो ।  

कोरोनाको नयाँ भेरियेन्ट् ‘ओमिक्रोन’ को फैलावटसंगै गत वर्षको अन्तिम महिना डिसेम्बरमा शून्य दशमलव २ प्रतिशतले संकुचित बन्दा समेत बेलायती अर्थतन्त्र महामारीपूर्वको तुलनामा झन् राम्रो अवस्थामा पुगेको जनाइएको छ ।  

तर, ओमिक्रोनका कारण सन् २०२१ को पछिल्लो त्रैमासिक अवधिमा अघिल्लो महिनाहरुको तुलनामा बेलायतको आर्थिक दर न्यून थियो ।  

बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले महामारीबाट ग्रस्त  बनेको देशको अर्थतन्त्र तीव्र दरमा ‘रिकभर’ भइरहेको जनाए । सुनाकले पछिल्लो तथ्यांकहरुले सरकारले अवलम्बन गरेको आर्थिक नीतिले काम गरिरहेको तथ्य स्पष्ट पारेको जनाए ।  

सन् २०२१ मा बेलायतले हासिल गरेको नतिजाले बेलायतलाई सिंगो जी-७ समूहमै महामारीपछि सबैभन्दा छिटो आर्थिक प्रगति गर्ने मुलुक बनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू