बिहीबार, मंसिर १३, २०८१
01:36 | ०७:२१

रूसमा दैनिक दुई लाख बढी संक्रमित  

रासस-सिन्ह्वा फ्रेब्रवरी ११, २०२२

मस्को–रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना संक्रमित भएका हुन् ।

“एकै दिनमा यती धेरै संक्रमित भएको यो पहिलो पटक हो,” स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभर तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ । ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिलेसम्म संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ छ ।

ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।

एउटै अवधिमा नयाँ संक्रमित भएकाहरु भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै आधा कम रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू