सोमबार, पुष २९, २०८१
07:31 | १३:१६

लन्डनमा नेपाली युवालाई लागूऔषध कारोबारमा तीन वर्ष बढी जेल सजाय

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२२

 

लन्डन । लन्डनमा एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा तीन वर्ष बढी जेल सजाय सुनाइएको छ ।

लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामा लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा ३८ महिना (तीन वर्ष २ महिना) जेल सजाय सुनाएको हो ।

प्रहरीले लामालाई ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान शंकास्पद थियो ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरयो । प्रहरीको कुकुर ल्याएर लामा सवार गाडी खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन र करिब एक हजार पाउण्ड भेटिएको थियो । लामाको कार इन्सुरेन्स पनि थिएन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी जोसुवा मुरेले भनेका छन्- कार रोकेर लामाको गिरफ्तारीको परिणाम सरे पुलिसले देशमा लागूऔषध अपराध नियन्त्रणमा कसरी काम गरिरहेको छ भन्ने देखिएको छ ।

उनले सर्वसाधारणलाई शंकास्पद लागूऔषध गतिविधिबारे जानकारी भए दिन आग्रह गर्दै यसबाट संगठित लागूऔषध अपराधको वास्तविक चित्र थाहा हुने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू