शुक्रबार, माघ ४, २०८१
13:52 | १९:३७

दक्षिण कोरियामा दैनिक संक्रमण हालसम्मकै उच्च

रासस-सिन्ह्वा फ्रेब्रवरी ९, २०२२

सोल–दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् ।

देशभर कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट संक्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्यूनीकरण विभागले जनाएको छ । यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।

अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी संक्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक संक्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।

नयाँ संक्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै छन् । कुल नयाँ संक्रमितमध्ये २८५ जना गम्भीर अवस्थामा छन् । जबकि अघिल्लो दिन नयाँ संक्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा थिए ।

पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू