शुक्रबार, माघ ४, २०८१
23:48 | ०५:३३

बेलायतमा बालबालिकासँग यौनजन्य अपराधमा समातिंदै नेपाली

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२२


लण्डन । अचेल बेलायतमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरू बढेको छ । यस्ता गैर कानुनी क्रियाकलापमा नेपाली समेत विस्तारै संलग्न हुने क्रम बढेपछि प्रहरीले त्यसमा नलाग्न सचेत गराएको छ ।

ह्यामसायर प्रहरीको ICAT (INTERNET CHILD ABUSE TEAM) ले नेपाली युवा पनि बालबालिकाको अशोभनीय तस्बिर भिडियो खिच्ने, अन्यत्र पठाउने, यौन उद्देश्यकालागि बच्चालाई अनलाइनमा ललाई फकाई गर्ने, भेट्ने आदिमा संलग्न हुन थालेको जनाउंदै ‘इन्टरनेट चाइल्ड एब्यूज’ के हो र यसको नकरात्मक परिणाम के आउन सक्छ भन्नेबारे एउटा सूचनामूलक सन्देश प्रकाशित गरेको छ ।  

उक्त सन्देश जस्ताको तस्तै: 

ICAT – INTERNET CHILD ABUSE TEAM – NEPALI

यस खण्डमा तपाईंलाई तथ्यमा आधारित जानकारी दिइएको छ । तपाईंलाई यो सुनिश्चित गर्न आवश्यक छ कि तपाईले कानून बुझ्नु भएको छ र सही र गलत के हो भन्नेबारे थाहा छ (यदि तपाईं अन्यथा विश्वास गर्नुहुन्छ भने पनि) र तपाईंले बुझ्नु पर्छ कि पुलिसले गिरफ्तार गरेमा जेल जाने सम्भावना मात्र होइन, यसले अरु धेरै परिणाम पनि ल्याउन सक्छ।

“बालबालिकाको अश्लील तस्बिरहरू” भन्नाले नाबालकको यौन उत्तेजित गर्ने तस्वीर (18-वर्ष मुनिका) भन्ने बुझिन्छ। यसमा:

-नग्न वा आंशिक लुगा लगाएका नाबालक

-यौन मुद्रामा नाबालक  

-नाबालकद्वारा स्व-निर्मित अश्लील तस्वीरहरू (सेल्फी)

-नाबालकलाई लिङ्ग प्रवेश गरेको या नगरेको दुबै किसिमको क्रियाकलापमा संलग्न भएको चित्रण गर्ने अश्लील तस्वीरहरू पर्दछन् ।

यो परिभाषाले स्थिर तस्बिर, भिडियो र नक्कली फोटोहरू (जो कम्प्युटरद्वारा सिर्जना गरिएको हुन्छ) सबैलाई समेट्छ।

“बालबालिकाको अशोभनीय तस्बिरहरू” एक कानून शब्द हो। यस वेबसाइटमा हामी तिनीहरूलाई “बालबालिकाको यौन मुद्राका तस्बिरहरू” भनेर उल्लेख गर्छौं।

थप भन्नु पर्दा, “यौन मुद्राका तस्बिर” एक बिस्तृत शब्द हो जसमा बच्चाहरूको नग्न तस्वीरहरु, भिडियोहरू र नक्कली फोटोहरु समावेश हुन्छन्।

बेलायतको कानून अनुसार (इंग्ल्यान्ड, वेल्स, स्कटल्याण्ड अनि उत्तरी आएरल्याण्ड), बालबालिकाको अश्लिल तस्बिरको पहुँचसँग सम्बन्धित चार मुख्य अपराधहरू छन्, जसको लागि तपाईंलाई दण्डित गर्न सकिन्छ।

आफ्नो कब्जामा हुनु:

तपाईंको साथमा 18 वर्ष भन्दा कम उमेरका जो कोहीको यौन मुद्राका तस्बिर हुनु, चाहे त्यो कागजी प्रतिलिपि होस् वा इलेक्ट्रोनिक प्रतिलिपिमा त्यसलाई तपाईंको अधिकारमा हुनु भनिन्छ ।

वितरण गर्नु:

एक नाबालकको यौन मुद्राका तस्बिर कुनै अर्को व्यक्तिलाई च्याट रुम, इमेल, फोन एप्लिकेसन, टेक्स्ट, युएसबी स्टिक र फाइल सेयरिङ वेबसाइटहरू (पियर-टु-पियर) मार्फत पठाउनु वितरण गर्नुमा पर्दछ ।

कहिलेकाहीँ फाइल साझेदारी गर्ने वेबसाइटहरूले तपाईंको प्रत्यक्ष ज्ञान बिना नै तपाईको फाइलहरूमा अरूलाई प्रवेश गर्न अनुमति दिन्छ।

यदि अधिकारीहरूले वितरण गर्न लागेको उद्देश्यको प्रमाण फेला पारे, तपाईंले त्यसो नगरेको भए पनि, तपाईंलाई वितरण गर्न लागेको भनि आरोप लगाउन सक्ने संभावना हुन्छ।

निर्माण गर्नु:

एक नाबालकको यौन उत्तेजित गर्ने तस्वीरको ईलेक्ट्रोनिक कपि बनाउनु पर्दछ। यसमा प्रयोगकर्ताद्वारा उद्देश्यपूर्वक उपकरणमा सुरक्षित गरिएका तस्वीरहरूको प्रतिलिपिहरू र तस्वीरमा क्लिक गर्दा उपकरणमा सुरक्षित गरिएको स्वचालित प्रतिलिपि समावेश हुन्छ। 

थप रूपमा, यसले फाइल साझेदारी वेबसाइटहरूबाट स्वचालित रूपमा डाउनलोड गरिएका छविहरू समावेश गर्दछ।

फोटो खिच्नु:

बच्चाको आफ्नै यौन तस्वीरहरू लिनु। बालबालिका र इन्टरनेटसँग सम्बन्धित अन्य यौन अपराधहरूमा निम्न लिखित क्रियाकलाप समावेश गरिएका छन् जसमा:

नाबालकलाई यौन सामग्री देखाउनु:

इलेक्ट्रोनिक डिवाइस या इन्टरनेट एप्लिकेशनको माध्यमद्वारा जानिबुझी बाल यौन सामग्री देखाउनु, जस्मा वयस्क अश्लिल फोटोहरु, नावालकहरुको अश्लिल चित्रहरु अनि स्वयं-निर्मित (सेल्फी) अश्लिल फोटोहरु (वेबक्याममार्फत बच्चालाई आफ्नो गुप्तांग देखाउँदै) पर्दछन्।

बच्चालाई यौन क्रियाकलापमा संलग्न हुन उत्प्रेरित गर्नु:

कुनै नाबालकलाई यौन क्रियाकलापमा सम्मिलित गराउनु वा आफ्नो शरीरको यौन अंगहरू देखाउन प्रोत्साहन गर्नु, उदाहरणका लागि लाइभ वेबक्याम मार्फत वा नाबालकलाई आफ्नै अश्लिल तस्बिरहरू पठाउन लगाउनु।

बच्चालाई ललाई फकाई गर्नु:

नाबालकलाई विश्वासमा लिन भावनात्मक सम्बन्ध सिर्जना गरिन्छ, ताकि उनीहरूलाई सजिलै यौन गतिविधिहरूमा संलग्न हुन मनाउन सकिन्छ। यसमा प्राय: बच्चालाई प्रशंसा, विश्वास अनि कुनै प्रकारको ईनाम / उपहार दिनु पर्दछ।

कहिलेकाहीं, यसमा धम्कीहरू पनि समावेश हुन सक्छ र उद्देश्यपूर्ण ढंगले बच्चालाई दोषी वा खराब हुनु महसुस गराउन सक्छ यदि उनीहरूले भनेको मानेनन् भने।

केही व्यक्तिहरूले बच्चाको पहुँच प्राप्त गर्नका लागि आमाबाबुलाई ललाई फकाई गर्छन् ।  

यौन उद्देश्यकालागि बच्चासँग भेट्ने व्यवस्था गर्नु:

सामान्यतया, बच्चालाई अनलाइनमा ललाई फकाई गर्ने दोस्रो उपाय हो; भरोसा बनेपछि भेट्ने व्यवस्था मिलाउन सकिन्छ। वैकल्पिक रूपमा, यसमा अन्य वयस्कहरूसँग अनलाइनमा कुरा गर्ने र यौन उद्देश्यका लागि उनीहरूमार्फत कुनै विशेष बच्चालाई भेट्ने व्यवस्था समावेश गर्न सक्छ (यस्तो अवस्थामा, पैसा आदान प्रदान गर्न सकिन्छ) ।

ताक-झांक गर्नु:

कुनै अन्य व्यक्ति वा बच्चाको जानकारी बिना प्रत्यक्ष अवलोकन गर्नु, जहाँ उचित स्तरको गोपनीयताको अपेक्षा गरिन्छ। 

यसमा सामुदायिक क्षेत्रहरूमा जस्तै शौचालयहरू, र शयनकक्षहरू जस्ता निजी क्षेत्रहरूमा निजी कार्यमा (जस्तै आफ्नो लुगा फुकाल्नु वा यौन क्रियाकलापमा संलग्न भएको) रेकर्ड गर्नकोलागि क्यामेराहरू जडान गरिनु पर्दछन् तर यतिमै सिमित हुदैन। यसमा दृश्यात्मक गतिविधिहरूमा संलग्न अन्य व्यक्तिको प्रत्यक्ष फुटेज हेर्ने पनि समावेश गर्दछ।

चरम अश्लीलता:

यस्तो अश्लील तस्वीरहरु आफुसंग राख्नु जसले व्यक्तिको जीवनलाई खतरामा पार्ने वा व्यक्तिको गुदा, स्तन वा योनाङ्ग मा गम्भीर चोट पुर्‍याउने कार्यहरू चित्रण गर्दछ, यसलाई चरम अश्लीलता भनिन्छ। 

थप रूपमा, पाशविकता (मानिस र जनावरहरू बीचको यौन गतिविधि चित्रण गर्ने छविहरू) र नेक्रोफिलिया (लाशहरूसँग यौन सम्पर्क गर्नु) पनि समावेश गर्न सकिन्छ।

बच्चाहरुको यौन बारेमा कुराकानी गर्नु:

अन्य इन्टरनेट प्रयोगकर्ताहरूसँग बच्चाहरूको यौन बारेमा कुराकानीमा संलग्न हुनु। यो च्याटरूममार्फत हुन सक्छ, तर इमेलको माध्यम बच्चाहरूको छविहरूमा टिप्पणी गर्नु पनि हुन सक्छ।

अश्लील प्रकाशन अधिनियम:

कुनै पनि सामग्री प्रकाशित गर्दा जसले अरू कसैलाई नकारात्मक प्रभाव पार्छ, चाहे त्यो पाठकलाई होस् वा सामग्रीको विषयमा होस् ।  

बालबालिकाको बारेमा यौन कथा लेख्नु वा पढ्नु गैरकानूनी होइन तर त्यस्ता सामग्री वितरण र प्रकाशन गर्नु कानुनविपरीत हो।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

धेरै जसो मानिसहरू जसले बच्चाहरूको यौन तस्वीर प्राप्त गरेका छन् उनीहरुले विश्वास गर्छन् कि कानूनी सामग्री र गैरकानूनी सामग्रीबीच एक संदेहास्पद क्षेत्र हुन्छ।

हामी विश्वास गर्छौं त्यहाँ कुनै संदेहास्पद क्षेत्र छैन।

बच्चाहरुको गैर यौन तस्वीरहरु: 

यदि तपाई यौन सन्तुष्टिको लागि बच्चाको कुनै पनि तस्वीर हेर्दै हुनुहुन्छ, चाहे नग्न हो, अर्ध-नग्न वा लुगा लगाएको भए पनि त्यस्तो तस्वीर उपयुक्त हुने छैन। प्रहरीले लुगा लगाएका बालबालिकाका धेरै तस्बिरहरू कब्जामा लिएर अनुसन्धान गर्न सक्छ।

प्रकृतिवादी वेबसाइटमा बच्चाहरूको नग्न छविहरू: 

यदि तपाइँ यौन सन्तुष्टिका लागि बच्चाको कुनै छवि हेर्दै हुनुहुन्छ भने यो उपयुक्त हुदैन। यदि प्रकृतिवादी तस्बिरहरूले नग्न बच्चाहरूलाई यौनजन्य रूपमा देखाउँदै छन् भने यो गैरकानूनी हो।

बाल उमेरबारे अनिश्चितता: 

यदि तपाई यौन छविमा भएको व्यक्ति नावालक हो या वयस्क हो भन्ने बारेमा निश्चित हुनुहुदैन भने त्यस छवि नहेर्नुहोस् । यहाँ कुनै सन्देहास्पद क्षेत्र छैन। यदि कुनै शंका छ भने छवि नहेर्नुहोस् ।

सहमतिको कानूनी उमेर 16 वर्ष हो: 

यद्यपि यो सत्य हो कि तपाईले कानूनी रूपमा 16 वर्षको उमेर संग यौन सम्बन्ध राख्न सक्नुहुन्छ तर एक व्यक्तिको यौन छविमा हुनका लागि कानूनी उमेर 18 वर्ष हुनु पर्छ। 

यस बारेमा तपाईको जस्तै राय भए पनि कुनै परवाह विना अनि यस बातको पर्वाह नगरि तपाईले अतितमा यस्तै बुझ्नु भएको भए पनि तपाईलाई अब जानकारी होस् ,यसकारण कानून पालना गर्नुहोस् ।

तिनीहरुको मूल देशमा यस्तो छविहरू कानुनी छन्: 

विभिन्न देशहरूमा यौन छविमा हुनकोलागि व्यक्ति कुन उमेरको हुनुपर्छ भन्ने सन्दर्भमा फरक फरक कानूनहरू छन्। केही देशहरूमा कुनै पनि प्रतिबन्ध छैन। यद्यपि, यी छविहरू यूकेबाट पहुँच गर्न अझै पनिअवैध छ।

यौन चित्र/मंगा: 

बेलायतमा बालबालिकाको यौन चित्रकला गर्नु पनि गैरकानूनी छ। मंगा शैलीका चित्रकला कमिक पुस्तक अनि उपन्यासहरुको लागि बनाईन्छ, जो जापानमा निकालिन्छ। यौन परिस्तिथिमा नाबालकहरुको धेरै मंगा चित्र पाईन्छ। यी चित्रहरु बेलायतमा हेर्नका लागि अवैध छन्।

बेलायतको नागरिक नभएपनि:

बेलायत भित्रबाट बालबालिकाको यौन तस्बिरहरूमा कुनै पनि पहुँच हुनु अवैध हुन्छ, चाहे तपाई जहाँबाट आए पनि।

ICAT – INTERNET CHILD ABUSE TEAM

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू