बिहीबार, मंसिर १३, २०८१
01:45 | ०७:३०

अष्ट्रेलियामा पर्यटकका लागि फेरि सीमाना खुल्ला

रासस/एएफपी फ्रेब्रवरी ७, २०२२

सिड्नी २४ माघ– अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ ।

यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरेको देशमा पर्दछ ।

“झण्डै दुईबर्षपछि विदेशबाट आउने पर्यटकहरुलाई प्रवेश दिने निर्णय भएको हो,” प्रधानमन्त्री मोरिसनले भने । राष्ट्रिय सुरक्षा सम्बन्धि बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए ।

उनले भने, “यदि तपाईंहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईंलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।”

प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरस महामारी थप फैलिन नदिने उद्देश्यले सान् २०२० मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय गरिएको बताए । त्यसपछि निरन्तर कोरोनाभाइरस विरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरुका लागि खुल्ला गर्न नसकिएको उनले स्पष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू