बेलायतमा नयाँ दोहोरी रेष्टुरेन्ट खोल्ने तयारी
लण्डन । बेलायत बस्ने नेपाली लोक तथा दोहोरी पारखीहरुका लागि खुशीको खबर छ । कोभिड महामारीको लामो सन्त्रासपछि युकेमा पुनः नयाँ दोहोरी खुल्ने भएको छ ।
नेपालीहरूको बाक्लो बस्ती रहेको अल्डरसट नजिकै फ्लीटमा देउराली भन्ज्याङ दोहोरी साँझ खुल्दैछ ।
‘भ्यालेन्टाइन डे स्पेशल’ कार्यक्रमसंगै यही फेब्रुअरी १२ देखि प्रत्येक शनिबार बेलुका ७ देखि राती ११ बजेसम्म दोहोरी साँझ सञ्चालन हुने सञ्चालक प्रमिश शर्माले जानकारी दिए ।
मधुसुदन थापा मगर, कल्पना श्रीपाल र सञ्जय नेपालीले दोहोरी गाउने छन् ।
सञ्चालकले नेपाली परिकारसँगै इन्डियन खाना र जापानिज सुसीको स्वादमा रमाउन सम्पूर्ण लोक दोहोरी पारखीहरुलाई निम्तो गरेका छन् । दोहोरी सांझले बेलायतमा नेपाली कला-संस्कृति र संगीतको जगेर्ना गर्न सघाउ पुग्ने विश्वास पनि सञ्चालकको छ ।
यसअघि अल्डरसटमा निकै चलेका निरमाया रोधीघर, भेटघाट दोहोरी बन्द भएयता कुनै पनि खुलेका थिएनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५