शुक्रबार, माघ ४, २०८१
14:06
|
१९:५१
युक्रेनमा सैन्य झडपभन्दा कूटनीतिक समाधान खोजिंदै
रासस/एएफपी
फ्रेब्रवरी ६, २०२२
कीभ, २३ माघ–युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले कूटनीतिमार्फत रुससँगको बढ्दो तनाव समाधान गर्ने सम्भावना रहेको बताएका छन् । झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले आइतबार बताए ।
अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समय पछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ ।
राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने, “पछिल्लो स्थितिको मूल्यांकनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने संकेत गर्छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५