बिहीबार, मंसिर १३, २०८१
15:34 | २१:१९

पत्रकार राईको निधनप्रति महासंघद्वारा दुःख व्यक्त   

रासस फ्रेब्रवरी ४, २०२२

काठमाडौँ–नेपाल पत्रकार महासंघले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको ह्दयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो ।

ह्दयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पुरयाइएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो ।

लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । महासंघ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू